Category: कार्यक्रमहरु

डिभिजन वन कार्यालयबाट संचालन हुने कार्यक्रमहरु

नवलपरासी जिल्लामा जिल्ला वन कार्यालयको स्थापना वि.सं. २०४० सालमा भएको थियो । त्यसै वेलादेखि विरुवा उत्पादन, वितरण, वृक्षारोपण, वन सिमांकन, सामुदायिक वन उपभोक्ता समुह गठन र वन हस्तान्तरण, वन व्यवस्थापन सम्वन्धी तालिम÷गोष्ठी संचालन, लगायतका वन विकासका कार्यहरुको शुरुवात भएको मानिन्छ ।

समयानुसार यस कार्यालयबाट वन विकासका कार्य साथै वातावरण संरक्षणका कार्यहरु, जलवायू परिवर्तन सम्बन्धी कार्य, सामाजिक विकास, पर्यापर्यटन प्रवर्धन तथा विकास आदि जस्ता कार्यहरु पनि वार्षिक रुपमा संचालन हुँदै आईरहेका छन् । देशमा संघीयताको स्थापना संगै यस कार्यालयमा केन्द्र सरकार र प्रदेश सरकार दुवै तर्फबाट वार्षि कार्यक्रमहरु आउने गरेका छन् । स्वीकृत कार्यक्रमहरु सम्पादन गर्दा पनि स्थानिय तह लगायत अन्य सरोकारवालाको समन्वयमा गरिदैं आएको छ । डिभिजन वन कार्यालयबाट संचालन हुने मुख्य मुख्य कार्यक्रमहरु तल देखाइएको छ ।

५.१ राष्ट्रिय वन संरक्षण कार्यक्रम

यस कार्यक्रम अन्तर्गत जिल्लामा भएका राष्ट्रिय वन क्षेत्रबाट ढलापडा काठ/दाउरा संकलन, सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन, साझेदारी तथा चक्ला वन व्यवस्थापन, वन डढेलो व्यवस्थापन, अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन, वन अपराधको सूचना संकलन, वनक्षेत्रमा सिप विकास तथा क्षमता अभिवृद्धी लगायत अन्य तालिम आदि जस्ता कार्यक्रमहरु संचालन हुन्छन् ।
Read More

 

५.२ सामुदायिक वन संरक्षण कार्यक्रम

जिल्लामा भएका सम्पूर्ण सामुदायिक वनहरु साथै सामुदायिक वनको रुपमा उपभुक्त हुने वनक्षेत्रको व्यवस्थापन तथा विकास गर्न नै यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ । यस अन्तर्गत सामूदायिक वन उपभोक्ता समूह गठन, दर्ता कार्ययोजना तयारी तथा वन हस्तान्तरण प्रक्रियामा सहजिकरण (लैगिक समता र दिगो वन व्यवस्थापन लक्षित समेत), सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना नविकरणमा सहयोग (गरिव,महिला र दलित लक्षित जलवायू परिवर्तन अनूकुलन योजना), सामूदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन तथा कार्ययोजना कार्यन्वयन (अन्य), सामूदायिक वन उपभोक्ता समुहको अनूगमन र निरिक्षण, उत्कृष्ट सामूदायिक वन उपभोक्ता समुह पूरस्कार, उपभोक्ता स्तरमा विभिन्न तालिम, गोष्ठी, सेमिनार संचालन आदि लगायतका कार्यहरु सम्पादन हुन्छन् ।
Read More

 

५.३ वृक्ष सुधार तथा निजि वन विकास कार्यक्रम

यस कार्यक्रम अन्तर्गत जिल्लामा निजी वन सहित सम्पूर्ण क्षेत्रमा वनको विकास गरी वनक्षेत्रको प्रवर्धन तथा व्यवस्थापनका लागि सहयोगी कृयाकलापहरु गरिन्छ । वृक्षारोपणको मुख्य आधार विरुवा उत्पादन, नर्सरी निर्माण, नर्सरी मर्मत, नर्सरी संचालन, विरुवा खरिद जस्ता कार्यहरु यसै कार्यक्रम अन्तर्गत गरिन्छ । निजी क्षेत्रमा पनि विरुवा वितरण, अन्य आवश्यक क्षेत्रमा वृक्षारोपण, कृषि वन प्रणाली प्रवद्र्धन गरी वनक्षेत्रको विकास गर्ने नै यसको  मुख्य उदेश्य रहेका छन् ।

Read More

 

५.४ जडिवुटी विकास कार्यक्रम

वन पैदावार मात्र नभई गैह्काष्ठ वन पैदावार पनि वनक्षेत्रको प्रमुख उपज हो । यस अन्तर्गत जिल्लामा पाइने जडिवुटी लगायत अन्य गैह्काष्ठ वन पैदावारको उचित व्यवस्थापन गरी उपभोक्ताको जिविकोपार्जनमा सुधार साथै आर्थिक रुपमा सवल बनाउन सकिन्छ । जडीवुटी खेति प्रवर्धन कार्यक्रम, जडीवुटी विरुवा खरिद, वितरण तथा वृक्षारोपणमा सहयोग, गैह्काष्ठ वन पैदावार प्रशोधन केन्द्र स्थापना आदि यस कार्यक्रमका मुख्य कार्यहरु रहेको छ ।

Read More

 

५.५ वातावरण सम्बन्धी

वन कार्यालयले वनक्षेत्रमा मात्र नभई स्वच्छ वातावरण निर्माणमा पनि विभिन्न कार्यहरु गर्दै आएको छ । प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको स्थापन संगै वातावरण क्षेत्रको सुधारका लागि मन्त्रालयबाट नै वजेट विनियोजन भई विभिन्न कार्यक्रमहरु आउने गरेको छ । विश्व वातावरण दिवस, वातावरण सम्बन्धि स्कुल शिक्षा कार्यक्रम (वन हरियाली कार्यक्रम), वातावरण जनचेतना अभिवृद्धि गर्न टोल तथा स्थानिय निकायसंग अन्तरकृया, जलवायू परिवर्तन सम्बन्धि अन्तरकृया, सार्वजनिक स्थल सरसफाई, डस्टविन वितरण, प्लाष्टिक प्रयोग नियन्त्रणमा अन्तरकृया तथा कार्यान्वयन आदि जस्ता वातावरण मैत्री कार्यहरु यस अन्तर्गत समपादन भएका छन् ।

Read More

 

५.६ पर्यापर्यटन प्रवर्धन

हाम्रो राष्ट्र नेपाल नै पर्यटकिय दृष्टिकोणले निकै रमणिय स्थल हो । देशलाई पर्यटनमय बनाई पर्यटनको समुचित विकासको लागि यस कार्यालयले पनि आफ्नो क्षेत्रमा रहेका पर्यटकीय स्थलको विकास तथा संभाव्य क्षेत्रको अध्ययन तथा व्यवस्थापनका कार्यहरु संचालन गर्ने गरेको छ । हरित पर्यटनको प्रवर्धन तथा विकास गरी आर्थिक क्षेत्रमा टेवा पुराउनु नै यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ । यहाँ भएका पर्यटकीय क्षेत्रको प्रवर्धनमा आवश्यक पूर्वाधारहरु निर्माण गर्ने, सामुदायिक वन क्षेत्रमा हरित पर्यापर्यटन विकास गर्ने आदि जस्था कार्यहरु यस कार्यक्रम अन्तर्गत रहेका छन् ।

Read More

 

५.७ प्रचार प्रसार कार्यक्रम

जिल्लामा सम्पादन हुने कार्यक्रमहरुको वारेमा जनसमुदाय तथा सम्वन्धित सवै सरोकारवालाहरुलाई चेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु जस्तैः रेडियो कार्यक्रम, पोष्टर पम्पलेट, पत्र पत्रिकामा सूचना तथा लेखहरु प्रकाशन, विद्यालय शिक्षा, समुदाय स्तरका अन्तरक्रिया कार्यक्रमहरु संचालन हुने गरेका छन् । प्रचार प्रसार तथा प्रविधि हस्तान्तरणका लागि समय समयमा उपभोक्ताहरुलाई तालिम, भ्रमण गोष्ठी, अन्र्तक्रिया समेतको आयोजना गर्न वार्षिक कार्यक्रम तर्जुमा गरिन्छ । विभिन्न दिवस तथा समारोहहरु जस्तै विश्व वातावरण दिवस, जैविक विविधता दिवस, वन महोत्सव आदि जस्ता कार्यक्रमहरु संचालन गरी स्थानीय उपभोक्ताहरुमा वन तथा वन्यजन्तुको महत्ववारे प्रचार प्रसार पनि गरिदै आएको छ ।

Read More
Updated: March 4, 2020 — 5:37 am